गाडी सुविधा नलिने, तलबभत्ता सामाजिक काममा खर्चिने कालाखेतीको घोषणा
सत्ता गठबन्धन दलको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट मनहरी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले आफू गाउँपालिकाका अध्यक्ष निर्वाचित भएमा सरकारी गाडी सुविधा नलिने घोषणा गरेका छन् ।
शुक्रबार पत्रकारहरुसँगको भेटका क्रममा अध्यक्षका उम्मेदवार कालाखेतीले राजनीति सेवा भएकाले गाउँबासीहरुले सहज स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा पाउनसमेत सकस परिरहेको अवस्थामा आफूले नैतिकताका आधारमा सरकारी गाडी त्याग्ने निर्णय गरेको बताए । उनले पालिका अध्यक्ष निर्वाचित भएमा सरकारी तलब भत्ता लिएर सामाजिक काममा खर्च गर्ने र सोको विवरण हरेक महिना मिडिया मार्फत सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
गठबन्धनको मूल मर्म र भावनालाई आत्मसात गर्दै निर्वाचनमा होमिएको भन्दै आफू निर्वाचित भएपछि पनि सबैलाई समेटेर अघि बढ्ने कालाखेतीले प्रतिवद्धता व्यक्त गरे । गाउँको परिवर्तन र विकासको लागि आफ्नो उम्मेदवारी भएको भन्दै उनले प्राविधिक शिक्षा र कृषिको यान्त्रीकरणमार्फत रोजगारी सिर्जना गरिने बताए । ‘धेरै युवाहरु रोजगार नपाएर विदेशिनु परिरहेको छ, उनीहरुलाई रुचिअनुसारको सीप सिकाउने तथा कृषि कर्ममा लगाएर स्वदेशमै अवसर प्राप्त गर्ने वातावरण मिलाउनु मेरो ध्येय हो ।’ अध्यक्षका उम्मेदवार कालाखेतीले भने ।
किसानका लागि रासायनिक मलदेखि उन्नत बिउबिजनको व्यवस्था र तरकारीको उचित मुल्य प्राप्त गर्नको लागि कोल्डस्टोरको स्थापना गरी किसानलाई राहत दिने योजना रहेको उनले बताए । गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार सीता पुलामी मगरले मुलुकको वर्तमान व्यवस्था र संविधानको रक्षाको निम्ति गठबन्धन भएको स्मरण गर्दै गठबन्धनको भावना अनुरूप नै मत लिन र दिन आफूहरु तयार रहेको स्पष्ट पारिन् । गाउँको समृद्धि र विकास आफूहरुको पहिलो प्राथमिकता रहेको पुलामीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान