शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारको खर्चमाथि आयोगको सुक्ष्म निगरानी

शुक्रबार, २३ वैशाख २०७९, १९ : ०५
शुक्रबार, २३ वैशाख २०७९

 निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरिरहेको खर्चको विवरण संकलन गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरूले गरिरहेको खर्चको विवरण संकलन गर्न सूक्ष्म रुपमा अनुगमन भइरहेको जनाएका हुन् ।

निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको शर्माले बताएका छन् । उम्मेदवारले बुझाउने निर्वाचन खर्चको विवरण र सुक्ष्म अनुगमनकर्ताले पेश गरेको विवरण भिडाई परीक्षण गरिने उनले जनाए ।

उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र आफ्नो खर्च विवरण आयोगमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । आयोगले स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी खर्च विवरणसमेत अनुमान गरी आयोगमा निर्वाचन अगाडि पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप