उम्मेदवारको खर्चमाथि आयोगको सुक्ष्म निगरानी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरिरहेको खर्चको विवरण संकलन गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरूले गरिरहेको खर्चको विवरण संकलन गर्न सूक्ष्म रुपमा अनुगमन भइरहेको जनाएका हुन् ।
निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको शर्माले बताएका छन् । उम्मेदवारले बुझाउने निर्वाचन खर्चको विवरण र सुक्ष्म अनुगमनकर्ताले पेश गरेको विवरण भिडाई परीक्षण गरिने उनले जनाए ।
उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र आफ्नो खर्च विवरण आयोगमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । आयोगले स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी खर्च विवरणसमेत अनुमान गरी आयोगमा निर्वाचन अगाडि पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण