मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

टाटा टियागोले पार गर्‍यो चार लाखको माइलस्टोन

शुक्रबार, २३ वैशाख २०७९, १८ : ४५
शुक्रबार, २३ वैशाख २०७९

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले हालसम्म टाटा टियागोको ४ लाख गाडी बिक्री गरिसकेको जनाएको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको जनाइएको छ ।  टियागोले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । 

टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार आएको थियो । कम्पनीका अनुसार यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । १२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ

टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ भने प्रतिलिटर २०.०९ किलोमिटरसम्मको माइलेज दिन्छ । टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले (गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन), इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका खुल्दैन), डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् । त्यस्तै, गाडीमा पंचर रिप्यर किट पनि राखिएको छ ।

गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि रहेको भन्दै कम्पनीले भनेको छ, ‘टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनिमा पनि विशेषत ध्यान पु¥याएको छ । टियागोको भित्री भाग निकै फराकिलो छ । चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप