निर्वाचन आचारसंहिता विपरीत प्रचार प्रसार नगर्न विज्ञापन बोर्डको आग्रह
शुक्रबार, २३ वैशाख २०७९, १८ : ४०
विज्ञापन बोर्डले निर्वाचन आचारसंहिता विपरीत प्रचार/प्रसार नगर्न आग्रह गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिता विपरीत प्रचार/प्रसार नगर्न आग्रह गरेको हो ।
बोर्डले आचारसंहिता विपरीत प्रचार प्रसार भइरहेकाले यसलाई रोक्न पनि आग्रह गरेको छ । बोर्डले राजनीतिक दल, उम्मेदवारको होर्डिङ बोर्ड, भित्ते लेखन लगायतका गतिविधि नगर्न, दल, उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट लगायतका सामाग्री लगाई प्रचार/प्रसार नगर्न र सामाजिक सञ्जालमा भ्रामक तथा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गरेको हो ।
बोर्डले निर्वाचन आचारसंहिता विपरीत प्रचार प्रसार गरेको पाएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो