फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।
एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ समिति गठनको मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले शेर्पालाई ज्ञापनपत्र हस्तान्तरण गरे । एन्फाले गत बुधबार मुख्य प्रशिक्षक अलमुताएइरी र खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको थियो ।
‘पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानविन समिति एनएनआईपीएलाई पनि नीति सम्मत एवं व्यवहारिक नभएको बुझाइ रहेको छ । यसर्थ देशको गौरवसँग जोडिएको गम्भिर विषयमा न्यायिक तथा प्रभावकारी छानविन गर्नको निमित्त न्युनतम ३ वा सो भन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानविन समिति गठन गर्न एनएनआईपीए माग गर्दछ,’ ज्ञापनपत्रमा लेखिएको छ ।
एक साताअघि मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसपछि खेलाडीहरूले आफूहरु अन्यायमा परेको भन्दै सत्यतथ्य छानविनका लागि माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण