शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाबाट जनकपुरधाम उपमहानगरका उम्मेदवार चौधरीद्वारा संकल्प पत्र सार्वजनिक

शुक्रबार, २३ वैशाख २०७९, १८ : १९
शुक्रबार, २३ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवार बनेका मनोज चौधरीले आफ्नो २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् । जसमा फोहर व्यवस्थापनदेखि सुकुम्बासी तथा भूमिहीनका लागि उपमहानगरभित्र आवासको व्यवस्था गर्ने विषय उल्लेख गरिएको छ । 

मेयर पदका आकांक्षी उम्मेदवार चौधरीले नीतिगत तथा संस्थागत भ्रष्टाचारमुक्त जनकपुरधाम निर्माण गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक जनकपुरधामको संरक्षण सम्वर्द्धनको रुपमा विकास गर्ने तथा आधुनिक जनकपुरधाम निर्माणका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले बाह्य रिंगरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक जनकपुरधामको निर्माण गर्ने, ल्याण्ड फिल्ड साइटको व्यवस्थापन गरी जनकपुरधाम क्षेत्रभित्र रहेको फोहरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहोरबाट मोहर बनाउने, सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने लगायतका प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

यस्तै महिला तथा युवाहरुलाई सीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरणमा जोड दिने, जनकपुरधामको पर्यटन क्षेत्रलाई बढावा दिन रेल्वे स्टेशन, विमानस्थल र बसपार्कदेखि जानकी मन्दिरसम्म तीनवटा बस सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको पनि बताएका छन् । 

उपमहानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकूद स्टेडियम निर्माणका लागि पहल गर्ने,  प्रदेश र संघीय सरकारसँग सहकार्य गरी पिडारी चौक स्थित बागवानी केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बोटानिकल गार्डेन तथा एग्रिकल्चर रिसर्च सेन्टर निर्माण गर्नेलगायतका प्रतिबद्धता पनि उनले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप