हँसिया हथौडावालाले पनि खुसी र गर्वका साथ रुखमा भोट हाल्न सक्नुपर्छ : प्रचण्ड
शुक्रबार, २३ वैशाख २०७९, १७ : २८
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्तिलाई सम्पूर्ण रुपले सम्पन्न गर्न तथा विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न एक भएर गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । उनले रुखवालाले खुसीका साथ हँसिया हथौडालाई छाप लगाउन सक्नै पर्ने बताए । यस्तै हँसिया हथौडावालाले पनि खुसी र गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्ने बताए ।
काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै विगतदेखि नै काँग्रेससँगको सहकार्यमै परिवर्तन सफल भएको पनि प्रचण्डले बताए । एकअर्कालाई भोट हाल्ने मामिलामा केही मान्छे ‘बौद्ध भिक्षु हौँ घण्टी नै बजाइराख्ने हो’ भन्ने पारामा प्रस्तुत भएको उल्लेख गर्दै प्रचण्डले यस्तो प्रवृत्तिले देशको हित र लोकतन्त्रको हित हुन नसक्ने बताए । उनले इतिहासबाट शिक्षा लिँदै आजको आवश्यकता बुझ्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण