शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हँसिया हथौडावालाले पनि खुसी र गर्वका साथ रुखमा भोट हाल्न सक्नुपर्छ : प्रचण्ड

शुक्रबार, २३ वैशाख २०७९, १७ : २८
शुक्रबार, २३ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्तिलाई सम्पूर्ण रुपले सम्पन्न गर्न तथा विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न एक भएर गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । उनले रुखवालाले खुसीका साथ हँसिया हथौडालाई छाप लगाउन सक्नै पर्ने बताए । यस्तै हँसिया हथौडावालाले पनि खुसी र गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्ने बताए ।

काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै विगतदेखि नै काँग्रेससँगको सहकार्यमै परिवर्तन सफल भएको पनि प्रचण्डले बताए ।  एकअर्कालाई भोट हाल्ने मामिलामा केही मान्छे ‘बौद्ध भिक्षु हौँ घण्टी नै बजाइराख्ने हो’ भन्ने पारामा प्रस्तुत भएको उल्लेख गर्दै प्रचण्डले  यस्तो प्रवृत्तिले देशको हित र लोकतन्त्रको हित हुन नसक्ने बताए । उनले इतिहासबाट शिक्षा लिँदै आजको आवश्यकता बुझ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप