राष्ट्रिय भलिबल : पुलिसविरुद्ध आर्मीको पुनरागमन जित
सुरुवाती एक सेटले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पाँचौं जित निकाल्ने क्रममा आर्मीले पुलिस क्लबलाई १७-२५, २५-२०, ३०-२८, २५-२३ हराएको हो । राष्ट्रिय टोली र अनुभवी खेलाडीको बाहुल्यता रहेको दुबै टोलीको खेल निकै नै प्रतिस्पर्धात्मक बनेको थियो । जितसँगै आर्मीले ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित पुलिसको ५ खेलबाट ९ अंक छ ।
शुक्रबार नै भएको पहिलो खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गर्याे । लगातार पाँचौं जित निकाल्ने क्रममा हेल्प नेपालले २५-१५, २५-१३, २५-२१ अंक जोड्यो । प्रतियोगितामा लगातार पाँच जित निकालेको हेल्प नेपाल १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको गल्कोटले दुई अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या