महिला उम्मेदवारमाथि छोरी र श्रीमती भनेर कुप्रचार भयो : प्रचण्ड
शुक्रबार, २३ वैशाख २०७९, ०९ : ००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको बताएका हुन् ।
‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन : महासचिव पोखरेल
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ