शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएकाे मलसहित एकजना पक्राउ

शुक्रबार, २३ वैशाख २०७९, १६ : ५७
शुक्रबार, २३ वैशाख २०७९

महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बिपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो ।

 सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योदा पिकअप गाडीलाई  चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबास - ८ बस्ने ४० बर्षिय प्रेमबहादुर थापा पक्राउन परेका छन् ।  गाडीसहित ११ लाख ३७ हजार एक सय बराबरको भन्सार छली गरेको देखिएको इलाका प्रहरी कार्यालयका कार्यलय प्रमुख रवि रावलले जानकारी दिए ।

चालकसहित नियन्त्रणमा लिएको सम्पूर्ण सामान भन्सार कार्यालय जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप