बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ बाट १० जिल्लालाई मताधिकार, सबैले नेम्बाङलाई सघाउने

शुक्रबार, २३ वैशाख २०७९, १६ : ४२
शुक्रबार, २३ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुँदैछ । निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ ।

सबै जिल्लाले आगामी निर्वाचनमा पंकज नेम्बाङलाई सघाउने प्रतिवद्धता जनाएका छन् । १० जिल्लाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आगामी चुनावमा प्रदेश १ बाट प्रतिनिधित्व हुने व्यक्तिलाई सघाउने प्रतिवद्धता जनाएका हुन् । 

एन्फा केन्द्रीय निर्वाचनका असार ६ गते हुने तय भएको छ । निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन् । आगामी चुनावमा अध्यक्षका लागि कर्मा छिरिङ शेर्पा र नेम्बाङ आकांक्षि छन् ।

प्रदेश १ बाट मताधिकार पाएका जिल्लाहरु :

भोजपुर, खोटाङ, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापा  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप