शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको सफा हिमाल अभियान : साढे १३ हजार केजीभन्दा बढी फोहोर संकलन

शुक्रबार, २३ वैशाख २०७९, १६ : ३१
शुक्रबार, २३ वैशाख २०७९

नेपाली सेनाले चारवटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।  जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । 

सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।  सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ । 

संकलन गरिएको फोहोरमध्ये १ हजार ५१३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २६८ केजी नकुहिने खालको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप