शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नुपर्छ’

शुक्रबार, २३ वैशाख २०७९, १५ : २७
शुक्रबार, २३ वैशाख २०७९

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नु पर्ने बताएका हुन् ।

उनले शेयर बजार पछिल्लो समय उतारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताए ।  उनले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए । बजार परिपक्व नभए पुँजी बजारमाथि जान नसक्ने धारणा राखे । उनले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रा नभएको बताए ।  

यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताए । उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताए । कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताए ।

बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताए । हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२/५४ कम्पनी मात्रै हाल ओटिसीमा आबद्ध भएको बताए ।  ओटिसी प्लाटफर्म पनि प्रभावकारी र प्रविधिमैत्री बनाएर जाने तयारीमा रहेको उनले बताए ।

यस्तै,  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताए । उनले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने बताए ।

अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा शेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताए । शेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङ मार्फत ल्याइने अध्यक्ष हमालले बताउनु भयो। रियल क्षेत्रका कम्पनीलाई शेयर बजारमा बुक विल्डिङ मार्फत बजारमा ल्याउन चुनौती रहेको उनको भनाइ छ । अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप