राष्ट्रिय भलिबल : एपिएफको जीत
छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यू डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित ग¥यो ।
जारी प्रतियोगितामा न्यू डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यू डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्लब सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले छ लाख तथा उपविजेताले तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल