बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

शुक्रबार, २३ वैशाख २०७९, १४ : ११
शुक्रबार, २३ वैशाख २०७९

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए । 

उनले भने, ‘सामग्री जहाजमा आउँदैछ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप