राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी
शुक्रबार, २३ वैशाख २०७९, १३ : ३९
हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न