नबिल बैंक युएसडीएमा सूचीकरण
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ ।
यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकहरुबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतितपत्र मार्फत सोझै अमेरिकी बैंकहरुबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण