शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गोल्डस्टार जुत्तामा ३०% देखि ३०० रुपैयाँसम्म छुट

शुक्रबार, २३ वैशाख २०७९, १२ : ५५
शुक्रबार, २३ वैशाख २०७९

‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।  सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् । 

शुक्रबारका दिनदेखि सुरु हुने यो सिमित समयको अफर भएको जनाइएको छ ।  जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेब चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा ३०% देखि रु ३०० सम्मको छुट रहने कम्पनीले जनाएको छ । 

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप