फ्राइडे रिलिज : एक अंग्रेजीसहित तीन नयाँ फिल्म प्रदर्शन
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक अंग्रेजी सहित तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली फिल्म हो, भने ‘डक्टर स्ट्रेन्ज–२’ अंग्रेजी । तीन फिल्ममध्ये ‘डक्टर स्ट्रेन्ज–२’ ले मल्टिप्लेक्समा राम्रो शो पाएको छ ।
डक्टर स्ट्रेन्ज–२
‘डक्टर स्ट्रेन्ज–२’ फिल्मका लागि मल्टिप्लेक्सहरुले राम्रो शो दिएको छ । क्यूएफएक्सले आफ्नो १० वटा मेजर स्टेशनमा फिल्मलाई कूल ६६ शो बाँडेको छ । त्यसमध्ये धेरै शो सोल्डआउट भएका छन् । फष्ट पार्टले समेत राम्रो ब्यवसाय गरेको यो फिल्म आजैबाट प्रदर्शनमा आएको दुई नेपाली फिल्मका लागि ठूलो थ्रेट पनि हो । बहुप्रतिक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : २’ विश्वभर एकसाथ रिलिज भएको हो ।
हरर शैलीको यो फिल्म साम राइमीले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्जको मुख्य भूमिका रहेको छ । मल्टिभर्स संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । यस फिल्मको पहिलो भागका केही दृश्यहरु नेपालमा समेत सुटिङ गरिएको थियो । मार्भल फ्रेन्चाइजको नेपालमा थुप्रै फ्यानहरु रहेका छन् ।
षट्कोण
‘षट्कोण’ एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको कथामा निर्माण भएको फिल्म हो । मिलन डि काप्रिको निर्देशन रहेका फिल्ममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ ।
लक्का जवान
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्म ‘लक्का जवान’ हाँस्य कलाकार शिवहरि पौडेलले निर्देशन गरेका हुन् । अन्सुया श्रेष्ठले निर्माण गरेको फिल्ममा शिवहरिसँगै मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस