सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप
शुक्रबार, २३ वैशाख २०७९, ११ : ५१
सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्रसिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)