मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका प्रत्यासी घाइते

शुक्रबार, २३ वैशाख २०७९, १० : २५
शुक्रबार, २३ वैशाख २०७९

सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।

झडपमा वडा अध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस​ उम्मेदवारलाई आक्रमण गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । घाइते दुईजनाको अवस्था सामान्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप