शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

शुक्रबार, २३ वैशाख २०७९, ०५ : ४४
शुक्रबार, २३ वैशाख २०७९

मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ। दिनहुँ सात घण्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्तर्गत चीन र बेलायतका अनुसन्धानकर्ताले ३८ देखि ७३ वर्ष उमेरका ५ लाख मानिसको अध्ययन तथ्याङ्क समीक्षा गरेका थिए। बेलायत सरकारको बायो बैंक नामक दीर्घकालीन स्वास्थ्य अध्ययन परियोजनामा समावेश भएका यी सहभागीको निद्राको अवस्था, मानसिक स्वास्थ्य, समग्र स्वास्थ्य स्थितिसहित चरणबद्ध संज्ञानात्मक परीक्षण गरिएको थियो। अध्ययनमा सहभागी ४० हजारको आनुवंशिक तथ्यांकको समेत समीक्षा गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप