बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ का विजेतालाई अवार्ड प्रदान

बिहीबार, २२ वैशाख २०७९, २१ : ५६
बिहीबार, २२ वैशाख २०७९

गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा सहभागी कलाकार तथा जुरी सदस्यलाई अवार्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, महोत्सव आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, गायक एवं संगीतकार राज सागर, अभिनेता गजित विष्टलगायतले अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।

कार्यक्रममा अभिनेता प्रविन खतिवडा, अभिनेत्री शारदा अधिकारीले उत्कृष्ट कलाकार, फिल्मतर्फ ‘निर्माता आरपी कर्माचार्यले उत्कृष्ट फिल्म अवार्ड लिए । त्यस्तै ‘स्क्रिन प्ले’ तर्फ ‘टुल्की’ बाटै शेखर लामा, निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’ बाट खिलबहादुर गुरुङले अवार्ड लिए । कार्यक्रममा पत्रकार अन्जान दाहाल (मनिष), कलाकार प्रेम पाण्डे, अभिनेत्री वर्षा खड्का, निर्माता सुदिप पोखरेल, निर्माता सुनिल पोखरेल, खेलाडी निर्माता तथा समाजसेवी प्रेम कुमार श्रेष्ठ, निर्माता एवं समाजसेवी रामशरण रानालाई सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा जुरी टिममा रहेका कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई जुरी प्रमाणपत्र समेत वितरण गरिएको थियो । महोत्सव सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म आयोजना भएको थियो ।

महोत्सवमा उपस्थित हुन नसकेर अवार्ड तथा सम्मान लिन बाँकी रहेका चलचित्रकर्मीहरुलाई सो अवार्ड र सम्मान प्रदान गर्न कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्यमा भएको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप