३ वर्षे एलएलबी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् ।
रिटबारे प्रारम्भिक सुनुवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको निवेदक मध्येका रितेश पन्थीले रातोपाटीलाई बताए । निवेदकहरुले त्रिभुवन विश्वविद्यालयसहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् । गुणस्तरहिन भएको हुनाले एलएलबी कार्यक्रम खारेज गर्न निवेदकहरुले माग गरेका छन् । ३ वर्षे एलएलबी कार्यक्रम नेपाल ल क्याम्पससहित ६ ओटा क्याम्पसमा पढाई हुन्छ । सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु ७० प्रतिशत हाजिर हुनुपर्ने भनेपनि सो लागू नभएका र सेमेष्टर सिस्टम लागू नहुँदा गुणस्तरीयता कायम नभएको निवेदकले जिकिर गरेका छन् ।
बिए एलएलबी कार्यक्रम ५ वर्षेको हुन्छ । तर, बिए एलएलबीमा भन्दा ३ वर्षे एलएलबीमा कोटा धेरै हुन्छ । बिए पास गरेपछि लाइसेन्स लिनका लागी मात्र अध्ययन गर्ने परिपाटी बढेको हुनाले सो कार्यक्रमको गुणस्तरीयता नभएको निवेदकहरुले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड