शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ वर्षे एलएलबी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

बिहीबार, २२ वैशाख २०७९, २० : ३८
बिहीबार, २२ वैशाख २०७९

३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् । 

रिटबारे प्रारम्भिक सुनुवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको निवेदक मध्येका रितेश पन्थीले रातोपाटीलाई बताए । निवेदकहरुले त्रिभुवन विश्वविद्यालयसहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् । गुणस्तरहिन भएको हुनाले एलएलबी कार्यक्रम खारेज गर्न निवेदकहरुले माग गरेका छन् । ३ वर्षे  एलएलबी कार्यक्रम नेपाल ल क्याम्पससहित ६ ओटा क्याम्पसमा पढाई हुन्छ । सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु ७० प्रतिशत हाजिर हुनुपर्ने भनेपनि सो लागू नभएका र सेमेष्टर सिस्टम लागू नहुँदा गुणस्तरीयता कायम नभएको निवेदकले जिकिर गरेका छन् । 

बिए एलएलबी कार्यक्रम ५ वर्षेको हुन्छ । तर, बिए एलएलबीमा भन्दा ३ वर्षे एलएलबीमा कोटा धेरै हुन्छ । बिए पास गरेपछि लाइसेन्स लिनका लागी मात्र अध्ययन गर्ने परिपाटी बढेको हुनाले सो कार्यक्रमको गुणस्तरीयता नभएको निवेदकहरुले जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप