पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
बिहीबार, २२ वैशाख २०७९, १९ : ४४

बिहीबार अपराह्न पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
अपरान्ह ४ बजेर ४० मिनेटको समयमा तिनाउ गाउँपालिका ५ चर्चेरबाट रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्वरको डबल क्याप बलेरो जिप अनिमन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा रामपुर ३ बस्ने अन्दाजी ४२ बर्षीय सुर्यप्रसाद श्रेष्ठको घटना स्थलमै ज्यान गएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार घाइते हुनेहरुमा निस्दी गाउँपालिका ४ का २७ बर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका ३ का ४६ वर्षीय नरायण श्रेष्ठ रहेका छन् ।
घाइतेमध्ये खाम्चाको स्वास्थ्य अवस्था मध्येम रहेको र श्रैष्ठको अबस्था गम्भीर रहेको र उनीहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
-
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए
-
टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक
-
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
-
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का