बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

बिहीबार, २२ वैशाख २०७९, १९ : ४४
बिहीबार, २२ वैशाख २०७९

बिहीबार अपराह्न पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन् ।

 अपरान्ह ४ बजेर ४० मिनेटको समयमा तिनाउ गाउँपालिका ५ चर्चेरबाट रामपुर तर्फ जाँदै गरेको लु १ च ७७८० नम्वरको डबल क्याप बलेरो जिप अनिमन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा रामपुर ३ बस्ने अन्दाजी ४२ बर्षीय सुर्यप्रसाद श्रेष्ठको घटना स्थलमै ज्यान गएको हो ।

 पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार घाइते हुनेहरुमा निस्दी गाउँपालिका ४ का २७ बर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका ३ का ४६ वर्षीय नरायण श्रेष्ठ रहेका छन् ।

 घाइते​मध्ये खाम्चाको स्वास्थ्य अवस्था मध्येम रहेको र श्रैष्ठको अबस्था गम्भीर रहेको र उनीहरुलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप