पेन्टस्को कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग
पेन्टस् उद्योगहरूले पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेन्टस् उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका हुन ।
नेपाल पेन्टस् उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भएपनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताए । उनले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्य वृद्धिको मार खेप्नु परेको बताए । साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिए । उनले पेन्टसका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तु सरह भन्सार महसुल लाग्ने गरेको बताए ।
अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताए । पेन्टस् उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन्। पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुँदा एचएसएन कोड सच्याउन समेत माग गरेको छ । नेपालमा पेन्ट्सको वार्षिक कारोबार २० अर्ब रुपैयाँ रहेको छ। हाल नेपालमा ५० भन्दा बढी पेन्टस् उद्योग छन् । विदेशी लगानीसहितका ३ वटा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन