आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पूर्णिमा श्रेष्ठले चुमिन कञ्चनजंगा हिमशिखर

बिहीबार, २२ वैशाख २०७९, १९ : १०
बिहीबार, २२ वैशाख २०७९

हिमाल आरोही पूर्णिमा श्रेष्ठ कञ्चनजंगा हिमशिखर चुम्न सफल भएकी छिन् । बिहिबार उनले ८ हजार ५ सय ८६ मिटर अग्लो शिखर चुमेकी सेभेन समिट कम्पनीले जनाएको छ ।

यो विश्वको तेश्रो अग्लो हिमशिखर हो । गत असोजमा उनले धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । उनले २०१९ मा आमादब्लम हिमालको पनि आरोहण गरेकी थिइन् । यस्तै उनले अन्नपूर्ण शिखर पनि आरोहण गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप