सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरिरहेका छन् : महासचिव पोखरेल
![सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरिरहेका छन् : महासचिव पोखरेल](https://rpcdn.ratopati.com/media/albums/shankar-pokhrel_ws3IZp3Qtm.gif)
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूले आचारसंहिता विपरीत चुनावी प्रचारमा लागेको बताए ।
उनले सत्ता पक्षले आचारसंहिताको उलंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएको आरोप लगाए । उनले सत्ता पक्षधर र आयोगको व्यावहारका कारण चुनावको निष्पक्षतामाथि प्रश्न उठेको बताए ।
फरक प्रश्नमा उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नियमित संवाद भइरहेको बताए । उनले पछिल्लो राजनीतिमा एमाले एकातिर र अरू अर्कोतिर ध्रुवीकृत भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सफल भए अरु सबै वामपन्थी पार्टी एमालेमा आउने दाबी समेत गरे । उनले नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिको केन्द्रमा नरहने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
-
उद्योगमन्त्री भण्डारीद्वारा विवादित चुनढुङ्गा खानीको स्थलगत अनुगमन
-
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा