बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका गोरखाली नेताले भने – काठमाडौंमा सिर्जनाकाे प्रतिस्पर्धी कोही छैन

बिहीबार, २२ वैशाख २०७९, १८ : ४०
बिहीबार, २२ वैशाख २०७९

नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सिर्जना सिंह  नेविसंघ देखिनै राजनीति यात्रा सुरु गरेको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले सिजृना कुनै विरासतबाट नआएको बताए ।  

‘गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु भयो । अब सक्रिय राजनीति फेरि फर्कनु भएको छ  । जसरी घर व्यवस्थापन गर्नु भयो । अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ,’ पाण्डले भने।

सिर्जना सिंहले गर्न सकिने कामको जिम्मा लिएकाले हावादारी गफको पछि नलाग्न उनको आग्रह छ। यस्तै काँग्रेस नेतृ कमला पन्तले काठमाडौंको मेयरको रुपमा गोर्खाको चेली पाउनु गर्वको विषय बिषए भएको बताइन् । पन्तले काठमाडौं अहिले टुहुरो भएको बताउँदै सिंह मेयरपछि नेतृत्व पाउने बताइन्।

यस्तै काँग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले न्याय नपाए गोर्खा जानू भनेर पढेको उल्लेख गर्दै गोर्खाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए। 

सिंहको राजनीति बिरासतको नभएर आफै उठेको महिला भएको उनले बताए । यस्तै काँग्रेस नेता चिरञ्जीवी वाग्लेले  सिर्जना सिंह गोर्खाका परिवार २००७ साल देखिकै क्रान्तिमा सहभागी रहेको बताए ।

सिंहको राजनीति सक्रियता गोर्खाबाटै भएको उनको भनाइ छ । वाग्ले आफू स्थानीय विकास मन्त्री र पिएलसिंहले काठमाडौंको मेयर हुँदा जम्मा पारिदिएको पैसामा रजाइँ गरेर केशव स्थापितले हावदारी गफ गर्दै हिडेको बताए । सिर्जना सिंहसँग काठमाडौं मेयरमा कसैको पनि प्रतिस्प्रर्धा नहुने समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप