आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्थानिय निर्वाचनमा धाँधली हुँदैन्–गृहमन्त्री

बिहीबार, २२ वैशाख २०७९, १८ : ३१
बिहीबार, २२ वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाणले यही वैशाख ३० मा हुने स्थानिय तह निर्वाचन धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार सप्तरीको राजविराजमा आयोजित सुरक्षा गोष्ठीमा मन्त्री खाणले भने– ‘सरकार स्थानीय तह निर्वाचन शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध छ ।’ 

गृहमन्त्रीले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनमा अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र आम नागरिकलाई आग्रह गर्दै खाणले भने–‘अहिलेसम्म निर्वाचनमा भाग नलिएकाले भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्छ ।’ 

सुरक्षा गोष्ठीका सहभागीहरूले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप