ad
x

काठमाडौंमा सिर्जनाको विकल्प छैन, केशव स्थापित ‘डेट एक्सपाएर’ ओखती हो :  बाबुराम भट्टराई

person explore access_timeबैशाख २२, २०७९ chat_bubble_outline0

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको बताए।  


‘हामी गठबन्धन मात्रै नभएर गोर्खाको चेलीसमेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने।  अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको उनले बताए ।
उनले भने, ‘उहाँमा डेट एक्सपाएर ओखती हो,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको थिएँ । पछि उहाँ पछि निकालिनुभयो,’ उनले भने ।



यस्तै उनले सिर्जना सिंहले आगाडि सारेको घोषणापत्र व्यवहारिक रहेको बताए । ‘उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्ने हुनुहुन्छ,’ भट्टराईले भने।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।