बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिले न्याय नपाए गोर्खा जानुपर्थो, अब काठमाडौं महानगर जाने बनाउँछु : सिर्जना सिंह

बिहीबार, २२ वैशाख २०७९, १७ : ५८
बिहीबार, २२ वैशाख २०७९

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले माइती जिल्ला गोर्खाबाट राजनीति यात्रा सुरु गरेको बताएकी छिन् । गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले देशको एकीकरण गोर्खाले गरेको भन्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताइन्।

पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने समेत बताइन्।  ‘पहिले राजनीतिबाट घर सम्हाल्न पुगेकी थिएँ । सबै सीपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने छु,’ सिंहले भनिन् ।

काठमाडौंलाई साना समस्याले गाँजेको उल्लेख गर्दै अब स्वच्छ र  सफा काठमाडौं नै प्रमुख अभियान रहने सिंहले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप