शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवापत्नी आरजुले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ ?’

बिहीबार, २२ वैशाख २०७९, १७ : ५४
बिहीबार, २२ वैशाख २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपाउने बताएकी छिन् । बिहिबार डडेल्धुरामा भएको कार्यक्रममा बोल्दै उनले हरुवा पार्टीलाई भोट नहाल्न पनि आग्रह गरिन् ।  राणाले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ । यो कुरालाई पनि ध्यान दिएर यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’ 

उनले प्रधानमन्त्री देउवाले डडेल्धुरामा ३१ करोड रुपैयाँ बजेट पारेको बताउँदै काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने बताइन् ।  उनले काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षको खुलेर कडा आलोचना गर्दै काँग्रेसविरुद्ध एमालेसँग तालमेल गरेको आरोप लगाइन् । उनले मल्ल पक्षका काँग्रेस स्याल भएको भन्दै जातक कथा समेत सुनाएकी थिइन् । उनले डडेल्धुराको सम्पूर्ण विकास प्रधानमन्त्री देउवाको कारणले भएको समेत दावी गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप