शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गोल्डस्टार किनेको बिल ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ३० प्रतिशत छुट

बिहीबार, २२ वैशाख २०७९, १७ : १७
बिहीबार, २२ वैशाख २०७९

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बताइएको छ । जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेभ चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक फोरमहरुमा क्यूआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट पाइन्छ ।

आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेतले ‘आइएमई पे’ र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएको बताए । उनले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने बताए । यस्तै, गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाग्ने कुरामा विश्वस्त रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप