शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेनुलाई मत माग्दै प्रधानमन्त्रीले भने, ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान्’

‘भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा जग्गाको भाउ बढेको छ’
बिहीबार, २२ वैशाख २०७९, १७ : ०३
बिहीबार, २२ वैशाख २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेणु दाहालका लागि भोट मागेका छन् । बिहीबार भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेणुलाई मेयर छाडेको बताएका हुन् ।

उनले अहिले गठबन्धन आवश्यक रहेकोले यसलाई बचाउन आग्रह गरे । उनले भने–‘यो गठबन्धनका पार्टीहरूले नै मलाई प्रधानमन्त्री बनाएका हुन् । गठबन्धनप्रति मेचीदेखि महाकालीसम्म नेपाली काँग्रेसका जनताको भरोसा भएर नै ८२ प्रतिशत भोटले पार्टी सभापति भएको हुँ । ८२ प्रतिशत जनताको प्रतिनिधिले भोटले मलाई जिताएकोले गठबन्धन प्रति जनताको विश्वास रहेको पुष्टि हुन्छ ।’

उनले रेणुलाई कुनै पनि अवस्थाबाट सहयोग गर्न आग्रह गरे । उनी कुनै पनि बेरुजु नभएको सबै फर्स्योट गरेको मेयर रहेको बताए । उनले भने–‘भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा बढी जग्गाको भाउ बढेको छ । यो सानो कुरा हो ? उहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने लागिरहनु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन लाग्नुभएको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्नेछ । उहाँले गरिरहेको काम यहाँका साथीहरूका लागि हो । यस्तो काम गरेको मान्छे यहाँका लागि नभए अरू को उम्मेदवार हुन सक्छ ?’ 

उनले एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नभएकोले गठबन्धन नभई अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । देउवाले भने–‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान् । यस्तो राम्रो काम गर्नेलाई धन्यवाद दिएर अघि बढाउनुपर्छ । उहाँले जितिसक्नुभएको छ । साथीहरूलाई कुनै बखेडा नगर्नका लागि आग्रह गर्दछु ।’ उनले गठबन्धन टुटाउन ठुलो षड्यन्त्र रहेको बताउँदै भरतपुरबाट त्यो षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप