शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा एमाले र काँग्रेसका कार्यकर्ताबाट कुटिए माओवादी

बिहीबार, २२ वैशाख २०७९, १६ : ५३
बिहीबार, २२ वैशाख २०७९

नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई कुटपिट गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ७ मा माओवादी केन्द्रको चुनावी सभामा एमाले र काँग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् ।

एमाले र काँग्रेसका कार्यकर्ताहरूले प्रहार गरेको ढुंगा लाग्दा वाईसियलका २ जना घाइते भएका छन् । घाइते हुनेमा ज्ञानबहादुर बोहरा र सुजन शर्मा रहेका छन्  । सभामा एमाले र काँग्रेसका कार्यकर्ताले ढुंगा हानेपछि झडपको अवस्थामा सृजना भएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सदस्य धुर्वविक्रम बुढाथोकीले जानकारी दिए ।

माओवादीको सभामा गएर होहल्ला गर्न खोजेपछि उनीहरुलाई सम्झाउन गएका वाईसीयलमाथि ढुंगा प्रहार भएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप