ad
x

सन्दीपले प्रचण्डलाई भने, ‘छोरी गजबको पाउनु भएको छ’

person explore access_timeबैशाख २२, २०७९ chat_bubble_outline0

मैले पहिले देखेको चितवन र अहिले देखेको चितवनमा परिवर्तन अवश्य पनि महसुस गरेको छु । म रेनु दिदीलाई रेनु दाहाल नभनिकन मात्र रेनु दिदी भन्छु । दाहाल भन्दा कताकता बुबासँगको सम्बन्ध जोडिएर आउँछ । तर म कमरेड प्रचण्डज्यूलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् । छोरी गजबको पाउनु भएको छ ।

म आजपनि कुनै पार्टीको साधारण सदस्यता पनि लिएको छैन । मलाई काँग्रेस कम्युनिस्ट, एमालेको फोटोकपी पनि थाहा छैन । त्यही भएर मैले सबैलाई नमस्कार गरेँ । कसलाई कसरी सम्बोधन गर्छन् त्यो पनि थाहा छैन । मैले मेरी आमालाई यहाँ कार्यक्रम जानुअघि फोन गरेर सोधेँ दिदी (रेनु)को यस्तो कार्यक्रम रहेछ । मैले गएर बोलौँ कि जस्तो लागेको छ । के गरौँ भन्दा मेरो आमाले भन्नुभयो । पार्टीको लागि होइन । कुनै संगठनका लागि होइन । तैले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेको छ ।

बोल्दा केही फरक पर्दैन भनेर भन्नुभयो । त्यसपछि मलाई ढुक्क भयो । म आएँ । म तपाई (रेनु)लाई एउटा कुरा भन्न चाहन्छु । मैले तपाईंलाई दिदी भनेर सम्बोधन गर्दा मलाई मेरी दिदीबहिनीले भाइटिका लगाइ दिएको सम्झिना आउँछ । मेरा दिदीबहिनीले जब मलाई भाइटिका लाइदिए । पानीको घेराले मलाई घेरेर राखे । ताकि मलाई कुनै किसिमको सङ्कट नआओस् भनेर । मेरा दु:ख कस्टलाई ओखरमा राखेर बडाम्म फोरिदिए । ताकि मलाई कुनै दुःख कष्टले नछोओस् भनेर । मेरो निधारमा सप्तरङ्गी टिका लाइदिए । ताकि खुसीका हरेक रङ्गहरू मेरो जीवनमा आओस् भनेर । कहिल्यै नओइलाउने मखमली फूल माला लगाइदिए । ताकि मेरो जीवनमा त्यो फूलको सुगन्ध रहिरहोस् भनेर । म दिदीलाई यही भन्न चाहन्छु । मैले तपाईंलाई दिदी भनि राख्दाखेरी चितवनका प्रत्येक मान्छेले भाइको अपेक्षा गरेका छन् । चितवन आफैमा तपाईंको भाइ हो । एउटा दाइ हो । तपाई एउटा यस्तो घेरा कोर्नुस् । चितवनका हरेक मानिसले हरेक तरिकाबाट आफूलाई सुरक्षित महसुस गरोस् । सांस्कृतिक, भौतिक, व्यवहारिक सबै रूपले उहाँहरूलाई सुरक्षितको अनुभूति गराउनुस् । उहाँहरूको दुःख कष्ट मेरा दिदीबहिनीको जस्तो ओखरमा राखेर फुटाएका थिए, त्यसरी बडाम्म फुटाउनुस् । सप्तरङ्गी टिका उहाँहरूको निधारमा लगाइदिनुस् । चितवनका हरेक मानिसले हरेक किसिमको सुख भोग गर्न पाओस् । र, यो चितवनको गलामा यस्तो मखमली माला लगाइदिनुस् दिदी यसको शान जहिले पनि बर्करार रहिरओस् । चितवनले प्रत्येक पटक भन्न पाओस् – दिदी पाएँ रेनु जस्तो ।

तपाईंलाई मेरो इष्ट, मेरो कुल, मेरो पितृको आसिस लागोस् । तपाईले गर्न खोजेका काममा निम्ति शुभकामना दिन चाहन्छु । तर यो भन्दाभन्दा भन्दै फेरि भन्न चाहन्छु । म कुनै झण्डाको मान्छे होइन भाइ । म कुनै पार्टीको मान्छे होइन । तपाईले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको मन्छे हुँ । भोको मान्छे हुँ । केही दिँदा बडा खुसी लागेको हो । मैले भने मेरो कुल, मेरो इष्ट, पितृको आसिस लागोस् तपाईंलाई । तर फेरि सचेत गर्न चाहन्छु । केही गलत गर्नुभयो भने मेरै कुल, मेरै इष्ट, मेरै पितृको सराप पनि लाग्न सक्छ दिदी । त्यसकारण होसियार हुनुहोला । बहुत विश्वास गरेको छु । विश्वास कायम गरिदिनुहोला । जय होस् सबैको । जय चितवन ।


चितवनमा आयोजित सत्ता गठबन्धनको आमसभाको कलाकार सन्दीप क्षेत्रीले राखेको मन्तव्य ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।