बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा हँसिया हथौडामा भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छः प्रचण्ड

बिहीबार, २२ वैशाख २०७९, ०८ : ००
बिहीबार, २२ वैशाख २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए । 

अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडा​सँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडा​सँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे । 

उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । 

प्रचण्डले अघिल्लो चुनावमा चितवनमा काँग्रेससँग गठबन्धन गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएको बताए ।  उनले बाम गठबन्धनमा गएपनि केपी ओली प्रवृतिको विरुद्ध लड्न १९ बुँदे पत्र आफूले दिएको उल्लेख गरे । उनले चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप