शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ : माधव नेपाल

बिहीबार, २२ वैशाख २०७९, १६ : ०२
बिहीबार, २२ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् ।  बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए ।  केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए । 

‘हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु ? बयल गाडाका प्रवर्तक केपी ओली हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला’, अध्यक्ष नेपालको भनाइ छ । 

उनले भरतपुरमा रेनु दाहालले गरेको कामको प्रशंसा गर्दै बधाई दिए । ‘बधाई छ रेनु दाहाललाई’, नेपालले बधाई दिँदै भने, ‘योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ । सोही आधारमा गठबन्धनले उहाँलाई मेयरमा चयन गरेर सही निर्णय गरेको छ । र यो निर्णयअनुसार नै उहाँलाई जिताउन तपाई सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्न आवश्यक छ ।’ उनले काँग्रेसभित्रको असन्तुष्ट पक्षलाई उम्मेदवारी फिर्ता लिन सुझाव पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप