बंगलादेश बैंकसँगको मर्जर टुङ्गो लगाउन नबिलले बोलायो विशेष साधारण सभा
बिहीबार, २२ वैशाख २०७९, १५ : ५५
नबिल बैंकले आगामी जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने सहमति भएसँगै अघि बढेको सबै प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन बैंकले विशेष साधारण सभा बोलाएको हो ।
सभामा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति र समाहित हुने मुद्दामा नै केन्द्रित हुने र सो सम्बन्धमा हालसम्म भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बैंकले बताइएको छ । यसअघि बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
जेठ ७ गतेलाई विशेष साधारण सभा बोलाएको बैंकले सोही प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । जसअनुसार वैशाख २९ गते (बिहीबार) सम्म मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सेयर कारोबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार