
३७ अंकले घटेको बजारमा जाल्पा लघुवित्तको मूल्यमा सर्किट, कारोबारमा आएन सुधार

बिहीबार पनि नेप्सेमा ३७ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेर २२ सय ७५ अंकमा झरेको नेप्से सूचक बिहीबार थप ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ३७ अंक माथिले घटेको बजारमा आज एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
यसदिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६५ प्रतिशतले, निर्जीवन बीमा समूहको २.५८ प्रतिशतले, ट्रेडिङ समूह २.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक २.२६ प्रतिशतले र होटल तथा पर्यटन समूह २.०१ प्रतिशतले घटेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह १.५८ प्रतिशतले घटेको बजारमा आज अन्य समूह १.१८ प्रतिशतले, म्यानु एण्ड प्रो १.०५ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
जाल्पा लघुवित्तको सेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर मूल्यमा ७.१३ प्रतिशतको गिरावट आएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ