
काँग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन,ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका छन् । बिहीबार सत्ता गठबन्धनले भरतपुरमा आयोजना चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताए । उनले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताए ।
‘नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अोली प्रवृत्तिसँग हो । उनैसँग द्वन्द्व हो’, पौडेलको भनाइ छ । उनले गठबन्धनबारे चितवनमा काँग्रेसका केही नेताहरुले असन्तुष्टि जनाएकोबारे आफुले असन्तुष्ट नेताहरुसँग कुरा गर्न चाहेपनि उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताए । ‘आज बिहानमात्रै मैले कृष्णलालजी, जगन्नाथजीहरुसँग संवाद गर्न चाहे, राम्रोसँग कुरा गरौ भने, तर उहाँहरुले धैर्य राख्न सक्नुभएन । चाडै उठेर जान खोज्नुभयो’, पौडेलले भने, ‘उहाँहरु असिल इमोसन, भावआवेग र उत्तेजनामा आएर असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’
नेता पौडेलले केपी ओलीले मुलुकमा संसदको हत्या गर्दा आफुलाई महेन्द्रकालीन घट्ना सम्झना आएको भन्दै गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली, बलराम पौडेलहरु मुख्यमन्त्री र मन्त्री हुन पाउँथे भन्दै चितवनका काँग्रेस कार्यकर्ताहरूलाई प्रश्न गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ