केपी ओलीले म्वाई खाएपनि विष लाग्छ : नेता श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए ।
‘केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भयौँ’ श्रेष्ठले भने, ‘यो गठबन्धन बनेपछि जनताको लहर बढेको छ । तर कतिपय मानिस अझै भ्रममा छन् । उनीहरु भन्छन्–आइ लभ यु केपी बा भन्छन् ।’
उनले ओलीलाई सर्पसँग तुलना गर्दै भने, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ ।’ उनले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताए । गएको ५ वर्षमा भरतपुरको विकास हेर्दा रेनु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण