बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यत्तिको बोल्दा त सबैले सुन्नुपर्ने हो ! : ओली

बिहीबार, २२ वैशाख २०७९, १५ : ०७
बिहीबार, २२ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा पार्टीका तर्फबाट आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देश विकासमा आफ्नो पार्टी समर्पित रहँदै आएको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै काम गरेको चर्चा गरिरहँदा माइकले भने साथ दिएको थिएन । उनले पटकपटक जनसमुदायलाई ‘सुनिएको छ ?’ भन्दै सोधेका थिए ।

बीचमा एक जनाले नयाँ माइक ल्याएर राखेपछि ओलीले सोधे– यत्तिको बोल्दा त सबैले सुन्नुपर्ने हो !’ ओलीले विकास निर्माणमा एमालेबाहेक अन्य दलले चासो नदेखाएको आरोप लगाए । विकासका पूर्वाधार, समस्याका समाधान, आवश्यकताका परिपूर्ति, युवालाई रोजगारीका अवसर दिनुपर्नेमा उनको जोड थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप