आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शर्मालाई रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार दिइने

बिहीबार, २२ वैशाख २०७९, १४ : ३५
बिहीबार, २२ वैशाख २०७९

रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्मा रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार २०७८ दिइने भएको छ । गोरखापत्र प्रकाशनको १२२ औँ वर्ष तथा गोरखापत्र संस्थानको ६० औँ वार्षिकोत्सवको अवसरमा शर्मालाई वैशाख २४ गते हुने वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको रकम ५० हजार रुपैयाँ रहेको छ ।

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष सरोज ढुंगेलका अनुसार २०७९ सालको रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार भने निर्मल कुमार आचार्यलाई दिइने भएको छ । त्यस्तै, गोरखापत्र पत्रकारिता पुरस्कार (२०७७) पुष्पराज जोशीलाई, दि राइजिङ नेपाल–गोरखापत्र पत्रकारिता पुरस्कार (२०७८) रमेश लम्साललाई, सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार (२०७७) शरदराज सुवेदीलाई, सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार पुरस्कार (२०७८) नगेन्द्र सापकोटालाई, गोरखापत्र पत्रकारिता पुरस्कार (२०७८) केपी गौतमलाई, गोरखापत्र पत्रकारिता पुरस्कार (२०७९) हरिप्रसाद भट्टराईलाई, सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार (२०७९) ईश्वरचन्द्र झालाई प्रदान  गरिने भएको छ । यी सबै पुरस्कार रकमको राशी जनही १० हजार रुपैया रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप