
कास्टिङ देखाएका छौं, अब पुरै फिल्म देखाउँछौ : रेनु दाहाल
गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी छन् । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गरेकी हुन् ।
उनले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ति कामहरु कास्टिङ मात्रै भएको बताईन् । ‘हामीले कास्टिङ देखाएका छौ । अब पुरै फिल्म देखाउँछौ’, दाहालको भनाइ छ । उनले आफु पुन महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ