रञ्जु दर्शनाले गरिन् बिहे, भनिन्–जीवनको एक सुन्दर अध्यायमा

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् । कतिपयले यो स्थानीय तहको निर्वाचनमा रञ्जुको खोजी गरिरहेको बेला उनी भने घरजममा रमाइरहेकी छन् ।
तत्कालीन विवेकशील पार्टीबाट चुनाव लडेकी उनले विजय हासिल गर्न नसकेपनि त्यतिबेला सम्मानजनक मत ल्याउँदै धेरैको मन जितेकी थिइन् । केही पहिले विवेकशील साझा पार्टीसमेत छाडेकी उनी त्यसयता राजनीतिमा निष्क्रिय जस्तै बनेकी छन् । यहीबीचमा बुधबारमात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन् ।
गत फागुन ५ गते किसु कुइँकेलसँग ‘इन्गेजमेन्ट’ गरेकी उनले बुधबार पारिवारिक समारोहका बीच बिहे गरेकी हुन् । वैवाहिक जीवनमा प्रवेश गरेपछि दर्शनाले आफूहरु जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेको बताएकी छन् ।
‘जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेका छौँ। यहाँहरूको आशीर्वाद र शुभकामनाको लागि धेरै धेरै धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो