आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ इन्स्योरेन्सद्वारा १ अर्ब बढी बीमा दाबी भुक्तानी
सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म ७८२८ वटा दावी फर्छयौट गरेको छ। सो अवधिमा अर्ब बढी बीमा दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ भुक्तानी हुनुका साथै अग्रिम दावी वापत विभिन्न दावीकर्ताहरुलाई ८ करोड भुक्तानी भएको छ । यससँगै कम्पनीले १ अर्ब १५ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न बाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब १६ करोड ७६ लाख २ हजार ५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले गत असोज ३१ देखि कार्तिक २ गतेसम्मको लगातार बेमौसमी बर्षाले महाकाली नदीमा आएको बाढीले क्षति पुर्याएको कञ्चनपुरको भिमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पु-याएकामा त्यसको पनि दाबी भुक्तानी गरेको छ । उक्त परियोजनाको बीमा भएकाले ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे/भी का प्रतिनिधी सुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?